देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सात क्षेत्रमा बजेट केन्द्रित गर्न सांसद् उमेश श्रेष्ठ सुझाव

देशान्तर

काठमाडौं । नेपाली काग्रेसका सांसद तथा शिक्षाविद उमेश श्रेष्ठले कोरोना संकटवाट उत्पन्न समस्यालाइ अवसरमा वदल्ने गरी नया बजेट ल्याउन सरकारलाइ सुझाव दिएका छन् ।

बजेटका प्राथमिकताबारे संसदमा आफ्ना धारणा राख्दै सांसद् श्रेष्ठले ७ वटा क्षेत्रमा बजेट केन्द्रीत गर्न र फजुल खर्च घटाउन सरकारलाइ सुझाव दिएका हुन् । कोरोना महामारीका कारण राजश्व तथा रेमिट्यान्स घटने, दातृ निकायहरुसमेत आफै समस्यामा रहेका कारण विदेशी सहयोग समेत घट्ने भएकाले स्रोतको सिमिततालाइ हेरेर चुस्त बजेट बनाउन सांसद श्रेष्ठले सुझाव दिएका छन् ।

विदेशमा अलपत्र नेपालीलाइ स्वदेश फर्काउन श्रमीकहरुले नै जम्मा गरेको कल्याणकारी कोषको ५ अर्व रुपैयामा थप ५ अर्व थपेर १० अर्वको उद्धार र पुनस्थापन कोष खडा गर्न र परिचालन गर्न तथा उनिहरु स्वदेश फर्किएपछि राहत र पुनस्थापन तथा रोजगारीका लागि २ खर्वको बिषेश कोष खडा गर्न श्रेष्ठको सुझाव छ ।

स्वस्थ्य क्षेत्रमा आमुल सुधारको आवश्यकता औल्याउदै सांसद श्रेष्ठले ७ वटै प्रदेशमा कम्तिमा एउटा सुविधासम्पन्न अस्पताल निर्माणकालागि वजेट छुट्याउनु पर्ने वताए । युवा रोजगारी, कृषि उत्पादन, उर्जा उत्पादन र शिक्षा तथा प्रविधिको विकास बजेटको प्राथमिकता हुनुपर्ने सांसद श्रेष्ठको सुझाव रहेको छ ।