काठमाडौं । नेपाल बैंकर्स एसोसियसनले निक्षेपको ब्याजदर मूल्यवृद्धि भन्दा कम गर्न नसक्ने बताएको छ ।
संसदको अर्थ समितिमा आगामी बजेटको विषयमा बैंकरहरुसँग गरेको छलफलमा कोरोना भाइरसको प्रभावका कारण बैंक तथा वित्तीय संस्था समेत प्रभावित भएकोले मूल्यवृद्धि भन्दा कम गर्न नसक्ने बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहालले बताए ।
यस समयमा राष्ट्र बैंकले भने बमोजिम नै ब्याजदरमा छुट दिएको भन्दै उनले उद्योगीहरुलाई सहज वातावरण बनाइएको जानकारी दिए । छलफलमा सांसद सुरेन्द्र पाण्डेले बैंकको मुनाफा अन्तर्राष्ट्रिय मापदण्डअनुसार घटाउन सुझाव दिए ।
बैंकहरु घाटामा नजाने भन्दै उनले अहिले १५ प्रतिशत नाफा कमाइरहेको र अन्य व्यवसायको तुलनामा जोखिम कम भएकोले यो नाफा १० देखि १२ प्रतिशतसम्म झार्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया