बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खुकुलो बनाउने सम्बन्धी शर्तसहितको योजना सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री जोनसनले देशवासीका नाममा सम्बोधन गर्दै वर्तमान परिस्थितीको निकास चरणवद्द तर सशर्त हुने जानकारी दिएका हुन । अहिले नै लकडाउन अन्त्य नहुने भन्दै उनले बिस्तारै सहज हुने क्षेत्रहरु खुला गर्न थालिने जानकारी पनि दिए । उनको घोषणा अनुसार इङल्याण्डका बासिन्दा आगामी बुधबारदेखि घर बाहिर निस्कन पाउनेछन । घरबाट काम गर्न नसक्ने वा नमिल्ने व्यक्तिहरु कार्यालय जान सक्ने तर सार्वजनिक यातायातको भने प्रयोग गर्न नपाइने ब्यवस्था गरिएको छ ।
अब घर बाहिर निस्कन पाइने, सार्वजनिक स्थानमा जान पाइने तथा सार्वजनिक स्थानमा सीमा बिना व्यायाम गर्न पाइने भए पनि सामाजिक दूरी भने कम्तिमा दुई मिटरको कायम गर्नु पर्ने ब्यवस्था गरिएको छ । पाँच चरणसहितको कोरोना संक्रमण सम्बन्धी नयाँ सिस्टम ल्याइएको र त्यसका आधारमा लकडाउनलाई कत्तिको खुकुलो पार्ने भन्ने तय हुने जोनसनको भनाइ छ ।
अर्को चरण जुन १ देखि सुरु हुने बताइएको छ । त्यसपछि प्राथमिक तहका इंग्ल्याण्डका विद्यार्थीहरु स्कूल जान पाउने छन् । सो चरणमा पसलहरु पनि खुला हुन सक्ने जोनसनको भनाइ छ । अर्को चरणमा होटल तथा रेस्टुरेन्टहरु पनि खुला गर्ने तयारी छ । कोरोना संक्रमणवाट बेलायतमा ३१ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । दुई लाख २० हजार भन्दा बढी संक्रमित भएका छन ।
प्रतिक्रिया