देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रमिकलाई घर पठाउन भारतले रेल चलाउँदै

देशान्तर

भारतले आंशिक रुपमा रेल सेवा पुन सञ्चालन गर्ने भएको छ । जारी लकडाउनका बीच भारतले रेल चलाउने निर्णय गरेको हो ।

भोली नयाँ दिल्ली–मुम्बई लगायत विभिन्न १५ रुटमा दैनिक रेल सेवा संचालन गर्न २० हजार जनालाई कोरोना संक्रमणको जोखिकका विषयमा प्रशिक्षण दिइएको छ ।

आन्तरिक श्रमिकलाई घर जान सहज गर्ने लक्ष्य सहित सो निर्णय लिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भारतमा सञ्चालनमा रहेका ९ हजार १ सय ४१ वटा रेल मध्ये शुरुमा ३ सयवटा संचालन गर्न लागिएको हो ।

भारतको रेल सञ्जाललाई विश्वकै ठुलो मानिन्छ । कोरोना भाइरस संभावित संक्रमणको कुनै लक्षण नभएका यात्रुले मात्र रेल सेवा पाउने छन् ।

यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने शर्त समेत राखिएको छ । गत मार्च २४ देखि जारी लकडाउनका कारण एक सय ६७ वर्षे इतिहासमा भारतमा पहिलो पटक रेल सेवा बन्द भएको थियो ।

भारतमा आगामी आइतबारसम्म लकडाउन छ । भारतमा अहिलेसम्म ६७ हजारमा कोरोना संक्रमण देखिएको छ । मृत्यु हुनेको संख्या २ हजार दुई सय नाघेको छ ।