देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाका कारण विश्वभर ७८ नेपालीको मृत्यु

देशान्तर

महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट संसारभर रहेका ७८ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यसैगरी संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । जसमा न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जि्नियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।
यो हप्ता मात्र थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा बेलायतमा २, स्वीडेन १, बहराइन १, युएई १ जना रहेका छन् ।

यस्तै, संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २ हजारभन्दा बढी संक्रमण मुक्त भएको अनुमान समितिको छ ।
सापकोटाले विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुदैं गएको पनि बताउनुभयो । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ९ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ ।