इङ्गलिस प्रिमियर लिग फुटबलका केही क्लबहरुले रेलिगेशनबाट बच्न न्युटङल भेन्युका बाँकी खेल खेल्न तयार रहेको बताएका छन् । शीर्ष लिगका क्लबहरु अधिकतम १० सम्म न्यूट्रल भेन्यूमा कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका बाँकी ९२ खेल गर्ने पक्षमा छन् ।
तर न्यूट्रल भेन्यूमा खेल्दा लिगको इमानदारीतामा असर पर्ने भएकाले रेलिगेशनको जोखिम हटाइनु पर्ने अंक तालिकामा पुछारतिर रहेका क्लबहरुले तर्क छ । उनीहरुले रेलिगेशनको जोखिम हटाएमा न्यूट्रल भेन्यूमा बाँकी खेलका लागि आफूहरु तयार रहेको बताएका हुन् ।
ब्राइटनसहितका तालिकाको पुछारमा रहेका क्लबहरुले रेलिगेशनको जोखिमसहित न्यूट्रल भेन्यूमा खेल्नु उपयुक्त नहुने धारणा राखेका हुन् । विश्वभर कोरोना भाइरसको महामारी फैलन थालेपछि इंग्लिस प्रिमियर लिगका खेलहरु गत मार्च १३ देखि रोकिएका छन् ।
प्रतिक्रिया