देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनमा कार्यालयमा नगएका सरकारी कर्मचारीहरुको तलबभत्ता नकाटिने

देशान्तर

काठमाडौँ । लकडाउनका कारण कार्यालय जान नपाएका सरकारी कर्मचारीहरुलाई उनीहरुको नियमित तलब नकाटिने गरी सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयले राजपत्रमा यस्तो सूचना जारी गरेको हो । जस अनुसार चैत ९ गतेदेखि कार्यालय जान नसकेका सरकारी कर्मचारीहरुको अवधि सार्वजनिक बिदाको रुपमा गणना हुनेछ । गृहले जारी गरेको सूचनामा उनीहरुको यो बिदालाई सार्वजनिक बिदामा परिणत हुने उल्लेख छ ।

यससँगै उनीहरुले नियमित रुपमा खाइपाइ आएको भत्ता समेत यथावत रहने बताइएको छ । यसबीचमा स्वास्थ्य मन्त्रालयका सहित केही उच्चपदस्थ कर्मचारी नियमित काममै खटिएका छन् ।