कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ६ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ४ सय नाघेको छ । त्यहाँ फेब्रुअरी ६ मा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको थियो । पछिल्लो केही हप्तादेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको ज्यान जाने गरेको छ ।
सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा अहिलेसम्म कम्तिमा २२ हजार २ सय ७५ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा ९ लाख ८७ हजारभन्दा बढी संक्रमित भइसकेका छन ।
कोरोना संक्रमणबाट इटलीमा २६ हजार ६ सय, स्पेनमा २३ हजार २ सय, फ्रान्समा २२ हजार ८ सय, बेलायतमा २० हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८ सय नाघेको छ भने ८ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, पाकिस्तानमा १३ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने २ सय ८१ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया