देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेनाबाट विश्वभर १ लाख ८४ हजारको मृत्यु

देशान्तर

कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण विश्वभर मृत्यु हुनेकाे संख्या १ लाख ८४ हजार नाघेको छ । विश्वभर कोरोना संक्रमितको संख्या २६ लाख ३७ हजार ७०७ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २२२ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । साथै ७ लाख १७ हजार ७६० जना पूर्ण रुपमा निको समेत भइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अहिले अमेरिका रहेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणका कारण ४७ हजार ६७६ को मृत्यु भएको छ भने संक्रमितको संख्या ८ लाख ४८ हजार ९९४ पुगेको छ । बुधबार मात्रै त्यहाँ २३ सयभन्दा बढीकाे मृत्यु भएकाे छ ।

कोरोनाबाट बढी प्रभावित देशमध्ये इटलीमा हालसम्म २५ हजारभन्दा बढीको मृत्यु भइसकेकाे छ । त्यहाँ संक्रमित संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ । अर्को बढी प्रभावित देश स्पेनमा पनि कोरोनाका कारण २१ हजार ७१७ को मृत्यु भएकाे छ भने संक्रमित संख्या २ लाख ८ हजारभन्दा बढी पुगेको छ । उता, फ्रान्समा २१ हजार ३४० जनाको निधन भएकाे छ । त्यहाँ संक्रमित संख्या १ लाख ५९ हजार ८७७ पुगेको छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण १८ हजारभन्दा बढीको मृत्यु भएकाे वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ संक्रमित संख्या १ लाख ३३ हजार ४९५ पुगेको छ । जर्मनीमा संक्रमति संख्या १ लाख ५० हजार ६४८ पुगे पनि त्यहाँ मृत्यु हुनेको संख्या ५ हजार ३१५ पुगेको छ । अपडेट हेर्न यहाँ क्लिक गर्नुहाेस्