देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यादेशले नेकपामा उकुसमुकुस

देशान्तर

 मुलुक संकटमा परिरहेका बेला बहसको विषय नै मोडिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अध्यादेश ल्याएपछि नेकपामा उकुसमुकस भएको छ । ओलीको यो कदमले विशेष गरी पूर्वमाओवादी समूह र पूर्वएमालेभित्र पनि माधव नेपाल समूह बढी झस्किएका छन् ।

प्रधानमन्त्री ओलीले यही बेला पार्टी फुटाउन सकिने अध्यादेश जारी गर्नुको अन्तर्य के हो भन्ने चित्तबुझ्दो कारण थाहा पाउन नसकेपछि दोस्रो तहका नेताहरू मंगलबार आन्तरिक छलफलमा जुटे । ओली, दाहाल र नेपाल पक्षीय नेताहरूले दिनभर आआफ्नो समूहमा छलफल र अबको यात्रा कस्तो हुने भन्नेबारेमा कुराकानी गरेका थिए ।

‘अहिले हामी आन्तरिक छलफलमै छौं,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सबैभन्दा पहिले त पार्टी कसरी जोगाउने भन्ने नै हो, त्यसपछि बैठक बसेर निर्णय गर्छाैं ।’ उनले आफूहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा र अरू केन्द्रीय नेताहरू कोहीसँग भेटेर कसैसँग फोनमै सम्पर्क गरेर समस्याको हल खोज्नेबारे कुराकानी भएको बताए । उनले प्रधानमन्त्री ओलीले पार्टी फुटाइसकेको उल्लेख गर्दै अहिले आफूहरूको ध्यान कसरी एकताबद्ध भएर जाने भन्नेमै केन्द्रित रहेको जनाए । कान्तिपुरमा खबर छ ।