देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरस : उपचारमा प्लाज्मा थेरापी सफल

देशान्तर

नयाँदिल्ली, ९ वैशाख । कोरोना भाइरसका बारण अहिलेसम्म भारतमा १८ हजार ६ सय बढी संक्रमित छन् । त्यहाँ अहिलेसम्म ५९० जनाको मृत्यु भइसकेको छ । यस्तमा अहिले सुखद् खबर पनि सार्वजनिक भएको छ । दिल्लीको सोकतमा रहेका म्याक्स अस्पतालमा उपचार गराइरहेका एक जना विरामी ठीक हुने क्रममा छन् ।

गम्भीर अवस्थामा रहेका ती बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको हो र अहिले उनको अवस्था क्रमस सुधारउन्मुख देखिएको छ । उनलाई अस्पताल भर्ना गर्दा कोरोनाको अवस्था मध्यमस्तरमा थियो । भेन्टीलेटरमा राखेर उपचार गर्दा परिवारले प्लाज्मा थेरापी गर्न आग्रह गरेका थिए । १४ तारिखबाट उनको प्लाज्मा थेरापी शुरु गरिएको थियो । अवस्था सुधार भएपछि अहिले उनलाई भेन्टीलेटरबाट बाहिर ल्याइएको छ ।

कोरोना भाइरसको भ्याक्स्नि बन्न अझै १८ महिना लाग्ने बताइरहेका बेला अहिले दिल्लीमा गरिएको यो प्लाज्मा थेरापी उपयोगी सिद्ध हुने दावी गरिएको छ । अहिले गरिएको थेरापी भनेको पुरानो विरामीबाट नयाँ विरामीको रतमा प्लाज्मा राखिएको हो । यसले एन्टीबडी बनाउन मद्दत गर्ने छ । मानिसको शरीरमा ५५ प्रतिशत प्लाज्मा, ४५ प्रशितशत रक्त कोसिका हुने गर्छ । नेपालमा पनि दोस्रो संक्रमित ठिक भएर घर फर्कदा आफ्नो प्लाज्मा दिन घोषणा गरेकी थिइन् ।