देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २५ लाख नजिक

देशान्तर

काठमाडौं, ९ वैशाख । विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २४ लाख ८१ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ४६ हजार ६ सय ७५ जना उपचारपछि घर फर्किएका छन् ।

१६ लाख ६२ हजार ७ सय ६१ भन्दा धेरैको उपचार चलिरहेको छ । जसमध्ये ५६ हजार ७ सय ६५ जना गम्भीर अवस्थामा रहेका र बाँकी १६ लाख ७ हजार भन्दा धेरैको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ । अहिलेसम्म १ लाख ७० हजार ४ सयभन्दा धेरैको भने मृत्यु भएको छ । यूरोपमा मात्र मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । ११ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । ३ लाख २१ हजार जना निको भएका छन् ।

स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने साढे २० हजार भन्दा धेरैको मृत्यु भएको छ । यस्तै इटालीमा २४ हजारभन्दा धेरैको मृत्यु भएको छ । । १ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको मृत्यु भएको छ।

यूरोपपछि उत्तर अमेरिका प्रभावित छ । त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको ज्यान गएको छ ।

उत्तर अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा धेरै निको भएका छन् । यसैगरी एसियामा अहिलेसम्म ३ लाख ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ लाख ८६ हजार निको भएका छन् भने १५ लाख १ सय ५ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै संक्रमित टर्कीमा छन् ।

त्यहाँ ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २१ सय भन्दा धेरैको मृत्यु गएको छ । यसैगरी इरानमा ५२ सय भन्दा धेरैको मृत्यु भएको छ भने ८३ हजार ५ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।