देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिनुपर्ने कांग्रेसको माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

भाइरस रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला प्रवक्ता शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेहरुलाई नियन्त्रणमा लिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक संजाल ट्वीटरमा शर्माले कोरोना भाइरसको संक्रमण आजको तेस्रो विश्वयुद्धझ जस्तै भएको र त्यसका कमाण्डर स्वास्थ्यकर्मीहरु भएकाले कमान्ड गर्नेले लड्ने र बोल्ने स्पष्ट पारेका छन् ।

अनावश्यक भ्रम फैलाएर मिडियामा अन्तर्वार्ता दिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई स्पष्टिकरण सोधेको छ। संकटका बेला स्वास्थ्यकर्मीको मनोबल गिराउन खोजेको र हतोत्साहित गर्न खोजेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।