देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी एसियाको सहुलियत : ऋणको ब्याज १० प्रतिशत र जरिवाना रकम शतप्रतिशत छुट

देशान्तर

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ऋणीहरूले बुझाउन पर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना ऋणीहरूलाई सहुलियत प्रदान गर्न तथा कोराना भाइरसको असहज परिस्थितिबाट उद्दार गर्न ब्याज रकममा छुट दिने योजना सार्वजनिक गरेको हो ।

योजनाअनुसार बैंकबाट कर्जा सुविधा उपयोग गरेका सबै ग्राहकले साधारण ब्याजको १० प्रतिशत रकम र जरिवाना ब्याजको सबै रकम छुट दिने भएको हो । ग्राहकहरूले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरे यस्तो सुविधा पाउनेछन् ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालु पुँजी कर्जा तथा अन्य रिभल्भिङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका सबै कर्जामा लागू हुनेछ । छुट रकम २०७७ जेठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । तर, यसरी ब्याज छुट दिँदा छुटपश्चात् ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुनेछैन । यस किसिमको सहुलियत नेपालको बैंकिङ इतिहासमा निकै कम दिइने गरेको छ ।

यसअघि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार २०७६ चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जामा ग्राहकले चैत्र महिनाभित्र नै ब्याज तथा किस्ता बुझाएको हकमा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरिसकेको छ ।