देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता र शक्तिको उन्माद प्रदर्शन नगरौ, सदाचार र मानवतावाद नभुलौ

देशान्तर

हामी अहिले कोरोना संकटको युगमा छौ । चीनको वुहानवाट साढे तीन महिना अघि सुरु भएको कोरोना भाइरसको संक्रमणले सम्पूर्ण विश्वलाई नै आक्रान्त वनाएको छ । एकलाख ३४ हजार मानिसको मृत्यु तथा २० लाख ८४ हजार मानिसमा संक्रमण फैलिसकेको यो महामारीले अझै कति क्षति पुर्‍याउने हो अनिश्चित छ । सम्पूर्ण विश्व लकडाउनको अवस्थामा छ । स्वतन्त्रता र लोकतन्त्रका ठूलठूला आदर्श र मान्यताहरु मनवतावादको अगाडि फिका सावित भएका छन् । कोरोना संकटको आजको युग प्रारम्भ नहुदो र कुनैपनि शासकले आफ्ना नागरिकलाइ घरभित्रै वस वाहिर ननिस्क भनेर उर्दी जारी गर्दो हो त सारा मानिस स्वतन्त्रताको खोजिमा गोली खान र मृत्युवरण गर्नसमेत तयार भएर त्यस्तो आदेशविरुद्ध विद्रोहमा उत्रने थियो । तर आज महिनौको लकडाउनलाई सहजै स्विकार्दै मानिस आफ्नो जीवन जोगाउने मुल्यमा खुसीसाथ घरभित्रै वस्न राजि भएको छ । लोकतन्त्र, स्वतन्त्रता लगायत सम्पूर्णवादहरु मानव जीवनको मुल्य र मनावतावादको अगाडि फिका सावित भएको छ । कोरोना युगले साच्चै नया चिन्तन र विचारधारालाई उजागर गरिदिएको छ ।

विश्व मानवतावादको नयाँ युगमा प्रवेश गरेको छ । स्वतन्त्रता, लोकतन्त्र, उदारवाद, समाजवाद या सम्वर्धनवाद आदि सबैवादको केन्द्रविन्दुमा मानव जीवन रहेछ भन्ने मान्यता स्थापित भएको छ । विकास र समृद्धिको सम्पूर्ण आधार पनि मानव जीवन रक्षार्थ केन्द्रित हुनुपर्छ भन्ने स्पष्ट भएको छ । राजनीति पनि अव मानवताको वरपर नै केन्द्रित रहने स्पष्ट छ । जनताको जीवन रक्षा र सेवामा समर्पित राजनीति नै अब अस्तित्वमा रहन्छ । समग्रतामा मानवतावादको उदय नै कोरोना युगले ल्याएको नयाँ परिवर्तन हो ।

आफूलाइ जतिसुकै शक्तिशाली ठानेपनि संकटको यस घडीमा मानवतावादको खरो परिक्षामा उर्तीण हुन नसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वसामु नराम्ररी नांगिएका छन् । शक्तिको दम्भ तथा रिस र आवेगमा दिइएका ट्रम्पका एकपछि अर्को अभिव्यक्तिहरु विवादित बनेपछि उनको नेतृत्व क्षमता माथि नै प्रश्न उठेको छ । विश्व स्वास्थ्य संगठनलाई दिदै आएको सहयोग रोक्न उनले दिएको पछिल्लो आदेश र त्यसपछि टम्पप्रति विश्व समुदायले व्यक्त गरेको प्रतिक्रिया यसैको उदाहरण हो ।

छिमेकी भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले संकटको यो घडीमा आफ्ना हरेक संवोधन र अभिव्यक्तिमा नम्रता र भद्रता प्रकट गर्ने गरेका छन् । एक अर्व ३७ करोड भन्दा वढी जनसंख्या भएको बिशाल भारत त्यहाको कहालिलाग्दो गरिवी तथा विपन्न र मजदुरवर्गको भरथेग गर्नु संकटको यस घडिमा कम चुनौतीपूर्ण पक्कै छैन । तर सदाचार, भद्रता र नम्रताका साथसाथै सरकारी संयन्त्रहरुको प्रभावकारी परिचालनमार्फत राहतको वन्दोवस्त गर्न चालेको कदमले मोदी आझैपनि जनतासामु हिरो सावित हुन सफल भएका छन । मानवतावादको मोदी व्यवहार साच्चै अनुकरणीय छ ।

नेपालको सन्दर्भमा प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरुको अभिव्यक्तिमा दम्भ, अहं र सत्ता उन्माद स्पष्ट देख्न सकिन्छ । संकटको यस घडीमा विनम्रता, सदाचार र जिम्मेवारीवोधको भावनाभन्दा अहंवाद भ्रष्टाचार र गैरजिम्मेवार अभिव्यक्तिहरु प्रकट भइरहेका छन् । म चाहि ठिक, अरु सबै वेवकुफ भन्ने शैलीका भाषाहरु प्रकट हुनु निसन्देह राम्रो लक्षण होइन ।

संचारमाध्यमसँग दुरी कायम गर्न जारी गरिएको आदेश तथा सचिवालयमा भएका निर्णय हुवहु मिडियामा किन गए ? भनेर पोखिएको आक्रोशले सदाचार र पारदर्शीतालाइ प्रवद्र्धन पक्कै गर्दैन ।

प्रधानमन्त्री आफ्नै सहयात्री तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग समेत संवाद र सहयोगको हात अघि वढाउन चाहिरहनुभएको छैन । प्रचण्ड खुमलटारमै खुम्चिएर चुपचाप वसुन भन्ने मनसाय प्रधानमन्त्रीमा हावी भएको देखिन्छ ।

महासंकटको यस घडीमा सबैको साथ र सहयोगवाट मात्र पार पाउन सकिन्छ र राष्टिय सहमतिका साथ सर्वदलीय संयन्त्रमार्फत अघि वढ्नु उपयुक्त हुनसक्छ भन्ने सतमनसायसाथ प्रकट प्रचण्डको अभिव्यक्तिलाइ निशाना वनाएर प्रधानमन्त्री र वहाका सहयोगीहरुबाट निरन्तर भइरहेको प्रहार अहंको अर्को स्वरुप हो ।

महामारीका बेला खरिद प्रकृयामा भएका अनियमितता र यसबारे उठेका यावत प्रश्न सरकारलाई असफल पार्नेहरुको डिजाइन हो भन्ने भ्रम फिजाएर सचिवालयका सबै सहयोगी समुह दूधले नुहाइएका र स्वच्छ हुन्, उनीहरुलाइ चोरऔला ठड्याउनेहरु मेरो मिशन र सरकारलाइ असफल पार्ने षडयन्त्रमा समेल छन भन्ने देखाउने प्रधानमन्त्रीको प्रयासले म भ्रष्टाचार गर्दीन र हुनपनि दिन्न भन्ने उद्गारलाई कति सघाइ रहेको छ आम जनमानस घाम जत्तिकै छर्लंग छ ।

संकट र महाविपत्तिको यस घडीमा म र मेरा सहयोगीहलाइरुलाइ सत्ता उन्माद र अहंकार पोख्ने तथा मनलागी गरिरहने छुट छ तर अरु सबै चुप बसौ भन्ने प्रधानमन्त्रीको मनसाय आपत्तिजनक छ । तीन सातापछि पनि निरन्तर जारी लकडाउनको पालनामा जनताले देखाएको धैर्यतालाई मनलागी गर्ने अवसर नठानौ । सरकारलाई सघाउनकै लागि सबैको साथ र सहयोगवाट संकटवाट उम्कने सुत्रका रुपमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीका सहयात्री प्रचण्डले राखेको सर्वदलीय संयन्त्र गठनको प्रस्तावलाई हावामा नउडाउ । प्रतिपक्षीको साथ र सहयोगलाइ कमजोरी नठानौ । विषम परिस्थितिमा जनताले दिएको वहुमतको भारीलाइ मनपरी गर्ने लाइसेन्स नमानौ ।

कोरोना संकटको महामारीपछि पनि वाग्मतीमा पानी वगिनै रहने छ । लकडाउनको उकुसमुकुस सकिएपछि पनि राजनीति चलिनै रहने छ । त्यसवेला महाविपत्तिमा चुपचाप आम जनमानसले सम्पूर्ण हिसावकिताव अवश्य खोज्ने नै छन् । प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरुका अभिव्यक्तिको हिसावकिताव । पुलीसले चिकित्सकको ढाडमा वर्साएको लाडीको हिसावकिताव । बाध्यताले भोकभोकै वाटोमा भौतारिएका तर घरसम्म पुग्न समेत नपाएका नागरिकहरुको हिसावकिताव । आमाको अनुहारसमेत हेर्न नपाएर सिमापारी नै किरिया वस्न बाध्य छोराको हिसावकिताव । विदेशमा विचल्लीमा परेका तर मेरो देश फर्कन पाए दुःख जतिसुकै सहनपनि तयार छु भनेर उद्धारको पर्खाइमा वसेका नेपालीहरुको पीडाको हिसावकिताव । कोरोना युग पछिको आर्थिक संकटवाट पार पाउन चालिएका कदमहरुको फेहरिस्त । यावत हिसावकिताव जनताले अबश्य खोज्ने नै छन । तसर्थ सत्ता र शक्तिको उन्माद र दभ्भ तथा व्यवहार प्रदर्शन नगरौ, विनम्र बनौ सदाचार र मानवतावादलाई नभुलौ ।