अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि जो बाइडेनलाई समर्थन गरेका छन् । सबै आकांक्षीले चुनावी अभियान अन्त्य गरेपछि ओबामाले बोइडेनलाई औपचारिक रुपमा समर्थन गरेका हुन् ।
पहिलोपटक औपचारिक रुपमा ओबामाले देशभरका डेमोक्रेटहरुलाई एकताबद्ध भएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरी ह्वाइट हाउसमा विजय प्राप्त गर्न आह्वान गरेका हुन् ।
ओबामाले एउटा भिडियो सार्वजनिक गर्दै बाइडेनको व्यक्तित्व र कामको प्रशंसा गरेका छन् । अमेरिकाको नेतृत्व गर्नका लागि बाइडेन सबैभन्दा उपयुक्त नेता रहेको ओबामाले बताएका छन् ।
ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका जो बाइडेन डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका एक्ला आकांक्षी हुन् । उनले आगामी निर्वाचनमा रिपब्लिकन उम्मेदबार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन ।
प्रतिक्रिया