देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संकट : निजी क्षेत्रलाई जोगाउन चेम्बरको १७ बुँदे सुझावपत्र

देशान्तर

काठमाडौं । ‘कोभिड–१९’ बाट प्रभावित निजी क्षेत्रलाई जोगाउन नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकसमक्ष सुझाव प्रस्तुत गरेको छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि १७ बुँदे मागपत्र बुझाएको हो ।

अर्थतन्त्रमा कोरोनाभाइरसको असरबारे अध्ययनका लागि निजी क्षेत्रसमेतको सहभागितामा उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिनुपर्नेलगायतका माग चेम्बरको छ ।

सरकारबाट प्राप्त सबै प्रकारका सुविधा एकद्वार प्रणालीमार्फत् प्राप्त गर्न अधिकारसम्पन्न संयन्त्र निर्माण गर्न पनि चेम्बरको सुझाव छ ।

बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिएकालाई लामो समयका लागि सोही बैंकबाट कर्जा दिने व्यवस्था हुनुपर्ने उसको माग छ ।

साथै, राष्ट्र बैंकले उपलब्ध गराउने पुनरकर्जा सुविधा कोरोनाबाट प्रभावित सबै प्रकारका लघु, साना, मझौला तथा ठूला उद्योगहरुलगायत अन्य व्यवसायहरुलाई समेत दिनुपर्ने पनि चेम्बरको माग छ ।

हालको विषम परिस्थितिमा व्यावसायिक कार्य सञ्चालन गर्न नगद मौज्दातको आवश्यक पर्ने भएकोले हाललाई ऋणीको खाताबाट बैंकले स्वतः मौज्दात रकम कट्टी गर्ने व्यवस्था हटाइनुपर्ने, बैंकको कर्जा निक्षेप ब्याददर अन्तर ३ प्रतिशत कायम हुनुपर्नेलगायतका सुझाव चेम्बरले दिएको छ ।