देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमितको संख्या करिब १९ लाख पुग्यो, १ लाख १७ हजार बढीको मृत्यु

देशान्तर

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १७ हजार ६ सय नाघेको छ भने करिब १९ लाख संक्रमित भएका छन् ।

चार लाख ३८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा ५ लाख ६७ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या करिब २३ हजार पुगेको छ ।  अमेरिकामा संक्रमितमध्ये ३३ हजारमात्र निको भएका छन् । कोरोनाका कारण इटालीमा २० हजार ४ सय ६५ जनाको ज्यान गएको छ ।

इटालीमा एक लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् भने ती मध्ये ३५ हजारलाई निको भएको छ ।

हालसम्म स्पेनमा १७ हजार ५ सय र फ्रान्समा १४ हजार ४ सयभन्दा बढीको ज्यान गएको छ । बेलायतमा पनि ११ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी जर्मनीमा ३ हजार ३२, नेदरल्याण्डमा दुई हजार ८ सय र बेल्जियममा ३ हजार ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

इरानमा कोरोना संक्रमणबाट ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ३ सय ७४ पुगेको छ । त्यहाँ अहिलेसम्म ९३ जनाले ज्यान गुमाएका छन् ।