चिनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख १४ हजार २ सय ८ जनाको मृत्यु भएकाे छ ।
१८ लाख ५२ हजार ६ सय २९ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख २३ हजार ४ सय जना निको भएर घर फर्किएका छन् ।
विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् । पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ५ लाख ६० हजार ४०२ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २२ हजार १०५ काे मृत्यु भएकाे छ ।
स्पेनमा १ लाख ६६ हजार ८३१ जनामा संक्रमण देखिएको छ भने त्यहाँ अहिलेसम्ममा १७ हजार २०७ जनाको मृत्यु भएकाे छ ।
त्यस्तै ईटलीमा १ लाख ५६ हजार ३ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ भने १९ हजार ८९९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा हालसम्म १ लाख ३१ हजार ५९१ मध्येमा १४ हजार ३९३ जनाकाे मृत्यु भएकाे छ ।
जर्मनीमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । त्याहाँ १ लाख २७ हजार ८५४ जना संक्रमित भएको मा २ हजार २२ को मृत्यु भएको छ ।
प्रतिक्रिया