काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा ९०९ नोभेल कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ३५६ जना पुगेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका उपसचिव लभ अग्रवालले कोरोना संक्रमणका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या २७३ पुगेको बताए । उनले ७१६ कोरोना संक्रमितलाई उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिएको बताए । पछिल्लो २४ घण्टामा भारतमा ३४ जनाको मृत्यु भएको छ । उनले भने, भारत सरकारले कोरोना परीक्षणको दायरा बढाइरहेको छ ।
प्रतिक्रिया