देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनमा कालाेबजारीकाे मनपरी, दैनिक उपभोग्य बस्तुमा प्रतिकेजी २० रुपैयाँसम्म मूल्यबृद्धि

देशान्तर

लकडाउनका बेला बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि भएको छ । लकडाउनयता सामानअनुसार किलोमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको हो । ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक नपाएको जनाउँदै उपभोग्य बस्तुको मूल्यबृद्धि गरिएको देखिएको हो ।

होलसेलमा चामलको मूल्य प्रतिकिलो ४ रुपैयाँ, चनामा १५ रुपैयाँ र केराउमा १० रुपैयाँ बढेको देखिएको । रहर दाल र खाने तेलको मूल्य पनि सोही अनुपातमा मूल्य बढेको उपभोक्ताहरुले बताएका छन् ।

खाद्य किराना व्यवसायी संघले भने ढुवानी भाडादर पनि दोब्बर बढेकाले त्यसको असर बजारमा देखिएको जनाएको छ । लकडाउनपछि खाद्यान्नको माग बढ्दो र ढुवानी गर्ने चालक र सवारी नहुँदा बजारमा अस्वभाविक रुपमा मूल्यबृद्धि भैरहेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने नियमित अनुगमन भैरहेको भन्दै मूल्य बढाउनेलाई कारवाही गरिने जनाएको छ । बजार अनुगमनका क्रममा चर्को मूल्य लिनेहरुलाई कारवाही गरिएको पनि विभागको भनाइ छ ।