देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमणबाट ६२ वर्षीय डाक्टरको मृत्यु

देशान्तर

काठमाडौँ । भारतको मध्यप्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । ६२ वर्षीय चिकित्सक सत्रुघन पञ्जवानीको मृत्यु भएको हो ।

कोरोना भाइरस विरुद्ध संघर्ष गर्दागर्दै बलिदानी दिएको भन्दै उनीप्रति सरकारी अधिकारीहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् ।उपचारमा खटिरहँदा संक्रमण भेटिएपछि केही दिनदेखि उनको उपचार भइरहेको थियो ।

यही बिहीबार उनको मृत्यु भएको हो । भारतमा संक्रमितको संख्या ५ हजार ७ सय भन्दा धेरै पुगिसकेको छ । साथै १ सय ६६ को मृत्यु भइसकेको छ ।