भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको छ ।
संक्रमणका कारण हिजो एकै दिन २८ जनाको मृत्यु भएको छ । यस्तै सोमबार थप सात सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या चार हजार ७ सय ७८ पुगेको छ । मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । अहिलेसम्म ३ सय ७५ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् । भारतमा अहिलेसम्म एक लाख एक हजार भन्दा बढीको परीक्षण सम्पन्न भउको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ ।
सोमबार महाराष्ट्रमा कोरोना भाइरसका १ सय २० नयाँ संक्रमित पुष्टि भएका हुन् । यस्तै दिल्लीमा संक्रमितको संख्या ५ सय २५ पुगेको छ ध्य प्रदेशमा २ सय ५६ संक्रमित भएका छन । तेलंगाना, आन्ध्र प्रदेश तथा केरलमा पनि संक्रमित बढेका छन ।
प्रतिक्रिया