देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुपर मादी हाइड्रोले ग-यो साढे १२ लाख बराबरको खाद्यान्न सहयोग

देशान्तर

काठमाडौं । सुपर मादी हाईड्रो पावर लिमिटेडले कास्कीको मादी गाउँपालिकाका दैनिक गुजारा चलाउन सकस परेका र असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा असहायलाई खाद्य सामग्री सहयोग गरेको छ ।

मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाइड्रो पावर लिमिटेड १२ लाख ७३ हजार रुपैयाँको खाद्यान्न सामाग्री सहयोग गरेको छ । मादी हाइड्रो पावर लिमिटेड अध्यक्ष पुष्पज्योती ढुंगानाले १२ लाख ७३ हजार बराबरको खाद्य सामग्री सहयोग गाँउपालिकालाई सहयोग गरेको जानकारी दिए ।

सो खाद्यान्न सामाग्री गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङमार्फत गाँउपालिकामा वितरण हुने उनको भनाइ छ । कारोना भाइरसका कारण देश लकडाउन हुँदा कयौ नागरिकलाई चुलो बल्न समस्या भइरहेका बेला खाद्यान्न सामाग्री सहयोग गरेको लिमिटेडका आर्थिक निर्दशक तथा व्यवसायी रघु पुरीले जानकारी दिए ।