काठमाडौं । प्रतिष्ठित उद्योगी/व्यवसायि पवन भिमसरियालाई मातृशोक परेको छ । भिमसरियाकी ७८ वर्षीया आमा आत्मा देवी भिमसरियाको विहीवार निधन भएको हो ।
लामो समयदेखि मधुमेह रोगले पीडित भिमसरियाको नयाँ वानेश्वरस्थित आफ्नै निवासमा विहीवार विहान ३ः३० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । स्वर्गिय भिमसरियाको विहीबारकै दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको जनाइएको छ ।
स्वर्गिय भिमसरियाका तीन छोरा र तीन छोरी छन् । छोराहरुमा पवनका दाजु विनोद कुमार भिमसरिया र भाई राजेश भिमसरिया रहेका छन् भने छोरीहरुमा कविता देवी अडुकिया, पुजा गुप्ता र एकता विक्रम अग्रवाल छन् ।
भिमसरिया ग्रुप अफ कम्पनीजले सानिमामाई हाइड्रोपावर लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड लगायतका कम्पनीहरुमा लगानी गरेको छ । साथै भिमसरियाको कम्पनी अन्तर्राष्ट्रिय ब्रान्ड एप्पल र एचपीका उत्पादनहरुको नेपालमा लागि आधिकारिक वितरक समेत हो ।
विगतमा कान्तिपुर प्रकाशन प्रा.लि., हिमालयन व्हाइट हाउस कलेज, सिद्धार्थ हस्पिटल लिमिटेड, कमर्ज एन्ड ट्रष्ट बैंक लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडमा पवन भिमसरिया ग्रुपको लगानी रहेको थियो ।
प्रतिक्रिया