देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनका बैज्ञानिकको दावी ‘चार हप्तामा कोरोना भाइरस नियन्त्रण हुन्छ’

देशान्तर

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोपले विश्वनै ग्रस्त छ । जसका कारण धेरै देशहरु ‘लकडाउन’मा छन् । जनजीवन अस्तव्यस्त छ भने आर्थिक अवस्था पनि क्रमश नाजुक हुने क्रममा छ ।
यस्तैमा चीनका कोरोना भाइरस एक्सपर्टपले भने आगामी चार हप्तामा कोरोना भाइरस विश्वबाट उन्मुलन हुने दावी गरेका छन् ।

उनले कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्ने र चीनमा दोस्रो पटक कोरोना संक्रमितको संख्या पनि नदेखिने उनको दावी छ । यो दावी डा. झांग नेनशनले गरेका हुन् । उनी चीन सरकारले बनाएको कोरोना भाइरसविरुद्धको अभियानका व्यक्ति हुन् ।

८३ वर्षीय डा. झाँगले भने ‘चीनमा कोरोना भाइरसले फेरि हमला गर्ने छैन । यसको मनिटरिङ सिस्टम हामीले बलियो बनाएका छौं । उनले यो कुरा एक टेलिभिजन अन्तरवार्ताका क्रममा भनेका थिए । उक्त अन्तरवार्ता डेलीमेलको वेभसाइटमा पनि प्रकाशित छ ।

डेलीमेलको अन्तरवार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् ।