चीनकाे वुहानबाट सुरु भएकाे काेराेना भाइरसकाे प्रभाव पछिल्लाे समय अमेरिकामा सबैभन्दा बढी देखिएकाे छ ।
विगत २४ घण्टामा मात्रै अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएकाे छ । अमेरिकामा अहिलेसम्म ५ हजार १ सय १० जनाकाे मृत्यु भइसकेकाे छ । २ लाख १५ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटालीमा थप सात सय २७ जनाको मृत्युभएसँगै १३ हजार १ सय ५५ जना स्पेनमा थप ९ सय २३ जनाको मृत्यु भएसँगै ९ हजार ३ सय ८७ जना, फ्रान्समा ५ सय भन्दा धेरैको मृत्यु भएसँगै मृतककाे संख्या ४ हजार ३२ पुगेको छ ।
बेलायतमा पनि गएको २४ घण्टामा थप ५ सय ६३ जनाको मृत्यु भएकाे । बेलायतमा अहिलेसम्म २ हजार ३ सय ५२ जनाको मृत्यु भइसकेकाे छ ।
अहिलेसम्म विश्वका २ सय ३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना सङ्क्रमण फैलिएको छ । जसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ ।
अहिलेसम्म ९ लाख ३५ हजार ७ सय ५१ जना सङ्क्रमित भएकामा १ लाख ९४ हजार २ सय ८६ जना उपचारपछि निको भएका छन् । ६ लाख ९४ हजार २ सय २४ जनाको उपचार भइरहेको छ । विश्वभर ४७ हजार २ सय ४१ जनाको मृत्यु भएकाे छ ।
प्रतिक्रिया