देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच-पाँच लाख

देशान्तर

नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई  पाँच-पाँच लाख सहयोग गर्ने भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घीय सरकारको राहत कोषमा रु एक करोड सहयोग गरेको थियो । रासस