देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरस : ‘दोस्रो विश्व युद्धपछि सबैभन्दा ठूलो चुनौती’

देशान्तर

विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

यही अवस्था रहिरहे मन्दी आउन सक्ने चेतावनी दिँदै महासचिव गुटेरेसले पछिल्लो समय झन् अन्योल बढेको बताए ।

महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख ५० हजार नाघिसकेको छ भने मृत्यु हुनेकाे सङ्ख्या ४२ हजारभन्दा बढी छ ।

यसैबीच अमेरिकामा भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६ सात पुगेको छ, यो सङ्ख्या चीनमा भन्दा धेरै हो ।

एक लाख ८८ हजारभन्दा बढी अमेरिकी नागरिक सङ्क्रमित भइसकेका अमेरिकी अधिकारीहरुले बताएका छन् ।