काठमाडौं । टेलियासोनेराबाट एक्जिएटमा आफ्नो शेयर बिक्रि हुँदा लाग्ने पुजिगत लाभकरमध्ये एनसेलले मंगलबार ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। एनसेलले मंगलबार पुँजीगत लाभकरको दोस्रो किस्ता बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए।
एनसेलले अब सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन बाँकी छ। यो रकम पनि १५ दिनभित्र बुझाउने एनसेलले जानकारी दिएको अधिकारीले बताए।
एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो। यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो।
कर कार्यालयको पत्र पाएपछि एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो। पहिलो किस्ता बुझाएपछि एनसेलले मंगलबार किस्ताबन्दी सुविधा माग गरेको थियो। त्यसैअनुसार एनसेलले मंगलबार दोस्रो किस्ता तिरेको हो। एनसेलले दुईपटक गरी ९ अर्ब १० करोड रुपैयाँ कर बुझाएको छ।
यसअघि एनसेलले गत पुस १५ गते पहिलो किस्ताको ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर भुक्तानी गरेको थियो । चार किस्ताबन्दीमा पूँजीगत लाभकर भुक्तानी गरी सक्नुपर्नेमा एनसेलले मंगलबार दोस्रो किस्ता बुझाएको हो ।
प्रतिक्रिया