देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउन अवधिभर सेयर कारोबार नहुने

देशान्तर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लकडाउन अवधिभर सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ।

नेप्सेले आज (सोमबार) विज्ञप्ति जारी गर्दै आगामी २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको जनाएको छ।

कोरोनाको सङ्क्रमण नरोकिएको भन्दै सरकारले लडकडाउनको अवधि ८ दिन लम्ब्याएसँगै नेप्सेले सेयर कारोबार पनि उक्त अवधिसम्म नगर्ने निर्णय गरेको हो।

हिजो ९आइतबार० धितोपत्र बोर्डले पनि अहिलेको अवस्थामा बजार चलाउन सक्ने अवस्था नभएकोले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार निर्णय लिन नेप्सेलाई सुझाव दिएको थियो।

बोर्डको उक्त सुझावको आधारमा नेप्सेले यस्तो निर्णय गरेको हो। नेप्सेले यसअघि चैत १० गतेदेखि १७ गतेसम्म ९आजसम्म० पाँच दिनका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो।

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण असहज परिस्थिति (काबु बाहिरको) केही दिन बढाउनुपरेको नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।