देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीच बाटोबाटै फर्कियो स्वास्थ्य सामग्री लिएर उडेको सेनाको स्काइ ट्रक

देशान्तर

काठमाडौं । सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रक ‘अनौठो गन्ध’ आएको भन्दै बीचबाटै फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार बिहान उडेका थिए । विमान चालकले गन्धका कारण उडान भर्न नसक्‍ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुनः त्रिभुवन विमानस्थल नै फिर्ता भएका थिए ।

‘गन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो । त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो । अब धनगढी लाने पनि उड्‍न तयार छ, सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने ।

उनका अनुसार के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्यानिटाइजरको गन्धका कारण विमानहरू बीचबाटै फिर्ता भएका हुन् ।