काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्मका लागि थप गरेको छ । कोभिड-१९ विरुद्धको उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा लगाउको प्रतिबन्ध बढाउने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । बैठकमा समिति संयोजक उपप्रधान तथा रक्षामन्त्री पोखरेल, विभागीय मन्त्री, सचिव, सुरक्षा निकायका उच्च अधिकारी र सरोकारवालाको उपस्थिति थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट नागरिकलाई परेको प्रभावबारे विभिन्न कोणबाट छलफलसमेत भएको छ ।
प्रतिक्रिया