देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनको प्रभाव : भारतबाट ग्यास आयातमा कमी

देशान्तर

नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ ।
चैत ११ गतेदेखि लकडाउन गरिएको छ । भारत पनि चैत १२ देखि २१ दिनका लागि लकडाउनमा छ ।

यो बेला अत्यावश्यक वस्तु आयात निर्यातमा कुनै अवरोध नहुने दुवै देशका सरकारले जनाएका छन् । तर, भारतबाट ग्यास आयातमा कमी आएको छ ।  नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाका हुँदै दैनिक औसतमा ५० देखि ५५ बुलेट एलपी ग्यास नेपाल भित्रिन्छ । चैत ११ यता भारतबाट दैनिक औसतमा २७ बुलेट ग्यास मात्र भित्रिइरहेको छ ।