देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कति पर्छ आधा सिलिण्डर ग्यासको मूल्य ?

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन दिएको छ । सिलिण्डरको व्यवस्थापन गर्न निगमले उक्त निर्देशन दिएको बताएको छ ।

उक्त निर्देशन आजबाट लागु भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । उनका अनुसार आजबाट बजार आधा सिलिण्डर ग्यास बजारमा गएको छ । अब प्रति सिलिण्डर ७.१ केजी ग्यास उपभोक्ताले पाउँनेछन् ।

यसअघि प्रतिसिलिण्डर १४.२ केजी ग्यास हुने गर्थ्याै । यससँगै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका उपभोक्तालाई आधा सिलिण्डर ग्यासको मूल्य ६ सय ७० रूपैयाँ पर्ने व्यवसायीहरूले बताएका छन् । तराई क्षेत्रमा ६ सय ७७ रूपैयाँ ५० पैसा पर्ने छ ।

त्यस्तै, काठमाडौं लगायतका अन्य स्थानका उपभोक्तालाई भने ६ सय ८७ रूपैयाँ ५० पैसा पर्ने छ ।