बंगलादेशमा कोरोना भाइरसको प्रकोपका कारण पूर्ब प्रधानमन्त्री तथा मुख्य विपक्षी दल बंगलादेश नेशनल पार्टीकी नेतृ खालिदा जियालाई ६ महिनाका लागि जेलबाट रिह गरिएको छ ।
७४ बर्षीया नेतृ जियालाई सन् २०१८ मा १७ बर्षका लागि जेल सजाय सुनाइएको थियो। बंगलादेशका गृहमन्त्री असद उज जमाले प्रधानमन्त्री शेख हसीनाको स्वीकृतिमा मानवीय हिसाबले केही शर्त राखी बुधबार जियालाई जेलमुक्त गर्ने निर्णय गरेको हो ।
जिया सन् १९९१ पछि तीन पटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन् ।
बंगलादेशमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । सरकारले १० दिनका लागि लकडाउन गरेको छ ।
प्रतिक्रिया