देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुम्बईमा लकडाउन, पत्रिका पनि प्रकाशित भएनन्

देशान्तर

काठमाडौं, एजेन्सी । कोरोना भाइरसको त्रास विश्वव्यापी रुपमा बढ्दै गएको छ । चीनको वुहानबाट शुरु भएको भाइरस त्यहाँ नियन्त्रण उन्मुख भए पनि अन्य देश यसको चपेटामा परेका छन् । नेपाललमा अहिलेसम्म एक जनालाई मात्रै भाइरस पुष्टि भए पनि उनी पूर्णरुपमा निको भइसकेका छन् ।

पछिल्लो समय नेपालमा भाइरस पुष्टि नभए पनि छिमेकी भारतमा भने यसको प्रभाव विस्तारै बढ्दै गएको छ । जसका कारण भारले पनि लक डाउन गरिसकेको छ । मुम्बईमा अहिलेसम्म धेरै संख्यामा भाइरस संक्रमितको संख्या देखिएको छ । जसका कारण मुम्बईमा लकडाउन गरिएको छ ।

लकडाउन भए पछि त्यहाँबाट प्रकाशित हुने पत्रपत्रिका पनि बन्द भएका छन् । लकडाउन भएपछि कुनै पनि सवारी साधान नचल्दा पत्रिकाहरुको प्रकाशन बन्द गरिएको हो । यसैगरी हकर्सले पनि पत्रिका बाँड्न नमानेपछि प्रकाशन नै बन्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पत्रिकाहरुका अनलाईन संस्करण भने सञ्चालनमा छन् ।