काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ग्राहकहरुका लागि नयाँ योजना ‘२०२०–एस२० अफर’ (2020-S20 Offer) सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ ‘सामसङ्ग ग्यालेक्सी एस२०’ जित्ने मौका पाउने सेलपेले जनाएको छ । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ ।
यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, मर्चेन्ट भुक्तानी वाहेक ‘पी२पी फन्ड ट्रान्सफर’ (P2P Fund transfer) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ ‘सामसङ्ग ग्यालेक्सी एस२०’ जित्ने मौका पाउनेछन ।
यस्काक साथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता Payless, Address lounge र X-Age बाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ जस्मा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, P2P Fund transfer (मर्चेन्ट भुक्तानी बाहेक) को कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
प्रतिक्रिया