काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाममा सहयोग पुर्याउन शनिबारदेखि मनकामना केवलकार बन्द हुने भएको छ।
कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि केवलकार बन्द गर्न लागेको बताउँदै चैत ३० गतेबाट मात्रै संचालनमा ल्याउने निर्णय भएको बताए।
सुरक्षाका उपाय अपनाएर केवलकार संचालन गरिरहेको भएपनि एकाएक भीड बढेपछि त्यसबाट कुनै समस्या नआओस् भनेर पहिलेनै बन्दको निर्णय गरेको श्रेष्ठले जानकारी दिए । ‘अहिलेको यो संकटपूर्ण अवस्थामा नाफा मात्रै हेर्नुहुँदैन भन्ने हाम्रो मान्यता स्थापनाकालदेखिनै हो’, उनले भने ।
प्रतिक्रिया