देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो, युराेपमा स्थिति भयावह

देशान्तर

एजेन्सी । कोरोना भाइरस अर्थत् कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरनो भाइरसको संक्रमणबाट विश्वभर ७ हजार १७१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म विश्वव्यापी रूपमा भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ८२ हजार नाघिसकेको छ । हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ७९ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ६ हजार १ यसभन्दा बढी जटिल अवस्थामा छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी चीनमा मृत्यु भएको छ । अहिलेसम्म चीनमा ३ हजार २२६ जनाको मृत्यु भएको छ । तर अहिले भने चीनमा कोरोनाको संक्रमण घटेको छ । चीनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भइसकेको घोषणासमेत गरेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट गत बिहीबार चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।

अहिलेसम्म चीनमा जम्मा ८० हजारमा संक्रमण देखिएको छ, त्यसमध्ये ६८ हजार पूर्ण रूपमा निको भएका छन् भने ३ हजार २ सय जना जटिल अवस्थामा रहेका छन् । अहिले चीनामा ८ हजार ९६७ जनामा मात्रै कोरोनाको संक्रमण रहेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

कोरोना भाइरस महामारी चीनबाट सुरू भए पनि पछिल्लो समय युरोपेली देशहरूमा भयावह रूपले फैलिएको छ । युरोपका केही देशमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा सयौको मृत्यु हुने गरेको पाइन्छ ।

चीनपछि दोस्रो धेरै संक्रमित र मृतक इटलीमा रहेका छन् भने त्यसपछि इरान, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका दक्षिण कोरिया लगायत देशमा यसको प्रकोप बढी देखिएको छ ।

हालसम्म इटालीमा कोरोनाका कारण २ हजार १५८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ सोमबार मात्रै ३४९ जनाको मृत्यु भएको छन् । अहिलेसम्म इटालीमा कोरोनाको संक्रमण हुनेको संख्या २७ हजार ९८० पुगेको छ ।

इरानमा अहिलेसम्म ८५२ जनाको मृत्यु भएको छ, जसमध्ये १२९ जना सोमबार मात्रै मरेका छन् । अहिलेसम्म स्पेनमा ३४२ को मृत्यु भएको छ । बेलायतमा पनि पछिल्लो एकै दिनमा २० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५५ पुगेको छ । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले १ सय ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।