काठमाण्डौ । शुक्रबार अमेरिकी डलरसँगै सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको थियो । यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३०६ रुपैयाँ ५४ पैसा तोकेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको थियो। मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा नै रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको थियो । कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ३८३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५० पैसा रहेको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३११ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१३ रुपैयाँ १८ पैसा रहेको थियो ।
प्रतिक्रिया