काठमाडौं, । कारोना भाईरसको उद्गम स्थल चीनको वुहानमा कोरोना संक्रमण नियन्त्रणमा आएको घोषणा भएपछि नेपाल सरकारले भने कोरोना भाइरसबाट कोही संक्रमित भए निस्शुल्क उपचार गर्ने बताएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कोरोना भाईरसबाट कोही संक्रमित भएमा उनीहरुको निशुल्क उपचार गर्ने जनाइएको हो ।
बैठकमा नेपाल आउनेहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको र जोखिम बढेमा जस्तोसुकै कदम चाल्ने पनि मन्त्री पोखरेलले जानकारी दिए ।
बैठकमा सहभागी संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले अस्पतालको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा आवश्यक परे सेना परिचालन समेत गर्नुपर्ने सुझाव दिएका थिए ।
नेपालमा हालसम्म कोरोना भाईरस संक्रमित नभेटिए पनि सतर्कता अपनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
प्रतिक्रिया