चीनबाट शुरु भएको कोरोना भाइरसले विश्वभर आतंक मच्चाएको छ । चीनमा अहिलेसम्म २६ सय बढीको मृत्यु भइसकेको छ भने त्यसैगरी इटलीमा पनि १ सय बढीको कोरोनाका कारण मृत्यु भइसेको छ ।
विश्वभर अहिलेसम्म ३२सय बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मानिसमा मात्रै सर्दै आएको कोरोना भाइरस घरपालुवा पशुमा पनि देखिन थालेको छ ।
हङकङकमा पाल्तु जनावर कुकुरमा कोरोनाको भाइरस देखा परेको हो । ६० वर्षीया एक महिलाले पालेको कुकुरमा कोरोना पुष्टि भएको छ । जनावरमा कोरोना देखिएको यो पहिलो पटक हो ।
ती महिला पनि कोरोना पिडीत रहेको र उनले पालेको कुकुरलाई परीक्षण गर्दा कोरोना रहेको पुष्टि भएपछि उक्त कुकुरलाई छुट्टै राखेर उपचार शुरु गरिएको जनाइएको छ ।
प्रतिक्रिया