भारतले अत्यावश्यक औषधिको निर्यातमा तत्कालका लागि लगाएको रोक खुलाउन नेपालले पहल थालेको छ । भारतले कोभिड–१९ को संक्रमण बढ्न सक्ने आकलन गर्दै मंगलबार मात्र पारासिटामोल लगायत २६ वटा अत्यावश्यकीय औषधिको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयको उक्त निर्णयपछि ती औषधि निर्यात गर्न सरकारको इजाजत लिनुपर्नेछ ।
स्रोतका अनुसार निर्णय पुनर्विचारका लागि नेपालले भारतसमक्ष अनौपचारिक रूपमा अनुरोध गरिसकेको छ । तर सबै औषधिको निर्यात भने खुला गर्न नसकिने बरु नेपालले अत्यावश्यक ठानेका सिटामोललगायत औषधिमा पुनर्विचार गर्न सकिने जवाफ भारतले दिएको छ । ‘भारतीय पक्षसँग कुरा भएको थियो र उनीहरूले पुनर्विचार गर्न सकिने जवाफ दिएका थिए,’ एक नेपाली अधिकारीले भने ।
प्रतिक्रिया