एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आम निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दावी गरेका छन् । एक्जिट पोलहरुमा उनलाई प्रतिद्वन्द्वी बेनी गान्ट्जभन्दा अगाडि देखाइएको छ ।
तीनवटा सर्वेक्षणहरुमा नेतान्याको दक्षिणपन्थी लिकुड पार्टीलाई ३७ सीट र गान्ट्जको केन्द्रविन्दु ब्लू र ह्वाइट गठबन्धनलाई ३२ र ३४ सीट प्राप्त हुने अनुमान गरिएको छ । इजरायलमा एक वर्षभित्र भएको यो तेस्रो आम निर्वाचन हो । यसअघिका दुई वटा निर्वाचनमा मुख्य दलले १२० सिटको संसदमा बहुमत ल्याउन नसक्दा तेस्रो पटक निर्वाचन गराइएको हो ।
७० वर्षिय नेतान्याहू इजरायलमा सबैभन्दा लामो समय सत्तामा रहने नेता मानिन्छन् । प्रधानमन्त्री नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेपनि उनले त्यसको खण्डन गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा मध्यवूर्वमा शान्ति योजना जारी गरेपछि त्यसको प्रभाव निर्वाचनमा परेको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया