धरान । मनाङ मर्स्याङ्दी क्लबले २२ औं बूढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । धरान रंगशालामा शनिबार भएको फाइनलमा पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो ।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले एक एक गोल गरे । पुलिसका भोला सिलवालले एक गोल फर्काए । पुलिसविरुद्ध खेलको दशौँ मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा निशानले गोल गर्दै मनाङको अग्रता २-० को बनाए । त्यसपछि खेलको ६५ औं मिनेटमा पुलिसका कप्तान भोलाले पेनाल्टीमा एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
उपाधिसँगै मनाङले १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाखमा चित्त बुझायो । यस अघि सेमिफाइनलमा मनाङले भारतको युके एफसीलाई २-० गोल अन्तरले हराएको थियो ।
पुलिसले भने मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया