देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यक्ष पन्त र महासचिव शर्मा असफल सावित हुँदै

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अक्षम उन्मुख देखिएको छ । एनआरएनए ८० औं शाखा मध्ये पाँच वटा शाखामा संस्थाको साख नै खस्किने गरि घटना हुँदा पनि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले कुनै समाधान गर्न नसकेपछि उनीहरुको क्षमता माथि प्रश्न उठेको हो ।

एनआरएनए अध्यक्षमा कुमार पन्त र महासचिवमा हेमराज शर्मा आएपछि नयाँ ढंगले एनआरएनए अघि बढने अपेक्षा गरिएको थियो । अध्यक्ष पन्त र महासचिव शर्माको नेतृत्वको कार्यसमिति आएपछि बेलायत, दक्षिण कोरिया, मलेसिया, पोर्चुगल र कतारमा समस्या देखिएका छन । दुई वर्षे कार्यकालमा चार महिना सकिदा पनि आसेपासे कुन पदमा मनोनयन गर्ने भनेर घर झगडामै अल्झिएका छन् ।

घटना नम्बर १

एनआरएनए यूकेमा चार करोड घोटला भएको सामाचार त्यहाँका स्थानीय अनलाईनमाहरुमा आए । बर्तमान अध्यक्ष पुनम गुरुङले जिम्मा लिएपछि काम अघि बढन सकेको छैन । धेरै केन्द्रलाई गुहारे । एनआरएनए महासचिव हेमराज शर्माको बसोवास भएको ठाउँमा यस्ता लफडा हुदा समेत उनले मिलाउन सकेनन् । केन्द्रमा उजुरी पर्याे त्यो पनि सुनवाई भएन । महासचिव शर्माका भाई चिरन शर्माले व्यक्तीगत खाताको प्रयोग गरि नेपाल व्रिटेन डटकम नामक अनलाईन मार्फत उनले पैसा असुलेको इनभ्वाईस एनआरएनए यूके पूर्वअध्यक्ष योगकुमार फगामीले सार्वजनिक गरे । तिनै शर्मा अहिले एनआरएनएको मानार्थ सदस्य छन ।

घटना नम्बर २

कतारमा एनआरएनए सल्लाहकार टिवि कार्कीले सार्वजनिक रुपमा गाली बेइजती गर्दा एनआरएनए सुतिरहेको छ ।

घटना नम्बर ३

एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्णप्रसाद नेपालले सार्वजनिक रुपमा अपहरण गर्छु भनेर नेपालीलाई धमक्याउँदा पनि एनआरएनए एक शव्द बोल्दैन ।

घटना नम्बर ४

एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी माथि लाखौं भष्ट्रचारको आरोप लाग्दा एनआरएनए केन्द्र मौन छ ।
यसैवीच, महासचिव शर्माको हस्तक्षेपका कारण आफुले काम गर्न नसक्ने भन्दै पूर्वअध्यक्ष भवन भट्टले भिजिट नेपाल २०२० विशेष समितिको अध्यक्षबाट राजीनामा दिईसकेका छन । एकपछि अर्काे घटना क्रमलाई हेर्ने हो भने नेतृत्व असफल उन्मुख भएको पुष्टी हुदै गएको छ ।