सिरियाले गरेको हवाई आक्रमणमा टर्कीका कम्तीमा २९ जना सैनिक मारिएका छन् । इदलिबमा भएको आक्रमणमा ३० भन्दा बढी सैनिक घाइते भएका छन् ।
द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूहले आक्रमणमा कम्तीमा ३४ जना मारिएको दावी गरेको छ । घटनापछि टर्कीका राष्ट्रपति रेजेप तैयप एड्रोगानले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन् ।
रुसको समर्थनमा सिरियाली सेनाले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन् । ती विद्रोहीलाई टर्कीले समर्थन गरेको छ। टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेकाे खबर बीबीसीले लेखेकाे छ ।
प्रतिक्रिया