काठमाडौं । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ ।
दिल्लीस्थित नेपाली दूताबासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’(डिपार्चर स्टाम) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’(एराइभल स्टाम) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ ।
यो सूचनापछि परोक्ष रुपमा नेपाल–भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि सक्ने भएका छन् ।
‘नागरिकतामा एराइभल र डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यसबारेको रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ’, अध्यागमनका एक अधिकारीले भने । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया