काठमाडौं : चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम बनाउन लागेको कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र उनकी श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’ले आर्थिक स्रोत संकलनका लागि विभिन्न अरु कामहरु पनि गरिरहेका छन् । जस्तै, केहीअघि त्यहाँ धनधान्यचाल महायज्ञ लगाइएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले फिल्म सेन्टी भाइरस पनि बनाएको छ । यो फिल्मको कमाइको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमलाई दिने भनिएको छ ।
यही रंगशालामा १४ फ्रेबुअरी अर्थात् भ्यालेन्टाइन्स डेको दिन एउटा मैत्रिपूर्ण खेल खेलिएको थियो– फिल्म सेन्टी भाइरसको टिम र फिल्मी पत्रकारहरुबीच ।
यहीबीच त्यही खेलबाट एउटा तस्वीर अहिले समाजिक सन्जालमा निकै सेयर भइरहेको छ । तस्वीर हो, धुर्मुस र सुन्तलीको । उनीहरु दुवैले यो मैत्रीपूर्ण खेल खेलेका थिए ।
तस्वीरमा धुर्मुसले आफ्नी श्रीमतीलाई क्रिकेट बल एउटा प्रेमीले प्रेमिकालाई गुलाब दिएको जस्तै दिएका छन् । क्रिकेट ब्याट लिएर उभिएकी सुन्तलीले यसको बदलामा मीठो मुस्कान धुर्मुसलाई दिएकी छिन् ।
प्रतिक्रिया